रोटरी क्लवको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरको दोस्रो दिन १२४ जनाको सल्यक्रिया सम्पन्न
कावासोति, कार्तिक २६ – रोटरी क्लव अफ कावासोति द्वारा आयोजित निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरको दोस्रो दिन (सोमबार) १२४ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ र २३९ जनाले आँखाको परीक्षण गराएका छन्।
शिविर, जुन हिजो देखि सुरु भएको हो, पहिलो दिन १२५ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएको क्लवका आँखाशिविर निर्देशक प्रदिप भट्टराईले जानकारी दिनुभयो।
यो शिविर तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र रोटरी क्लव अफ कावासोतिको आयोजनामा सञ्चालन भइरहेको हो। शिविर कावासोति-८ स्थित अपाङ्ग पुनर्स्थापना केन्द्र भवनमा आइतबार देखि मंगलबारसम्म सञ्चालन हुनेछ।
रोटरी क्लव कावासोति द्वारा प्रत्येक वर्ष मोतिबिन्दुको निशुल्क शल्यक्रिया आयोजना गर्दै आएको छ। गत वर्षसम्म क्लबले लगभग ४ सय जनासम्म १,१०० जनाको मोतिबिन्दु शल्यक्रिया गरेको क्लबका पूर्व अध्यक्ष हरिहर अधिकारीले जानकारी दिनुभयो।
यस वर्ष क्लबले ३०० देखि ४०० जनासम्मको शल्यक्रिया गर्ने अपेक्षा गरेको छ। क्लबका संस्थापक अध्यक्ष भरत पोख्रेलले भने, "दृष्टि सबैका लागि, नवलपुरबाट मोतिबिन्दु निर्मूल अभियान" भन्ने उद्देश्यका साथ पाँच वर्षमा नवलपुरमा मोतिबिन्दु रोगी नहुने लक्ष्य राखेर काम गर्दै रहेको जानकारी दिनुभयो।
शिविर संचालनको लागि क्लबले स्थानीय पालिका र रोटरी क्लबका सदस्यबाट सहयोग संकलन गर्दै आएको छ।
Upcomming Events
मोतिया बिन्दुको निशुल्क अप्रेसन शिविर
विश्व स्वास्थ्य संगठन (WHO) को मान्यता प्राप्त नेपालकै एक मात्र तिलगंगा आँखा अस्पतालद्वारा आयोजित आँखा शिविरमा सहभागी भइ मोतियाबिन्दुको निशुल्क अप्रेसन गराउनुहोस्। अप्रेसनपछि आवश्यक सम्पूर्ण औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराइनेछ।
कावासोतिमा हिजाे देखि शुरु भएकाे निशुल्क मोतिबिन्दुको आँखा शिबिरकाे दाेस्राे दिन ( साेमबार) १२४ जनाकाे माेतिविन्दुकाे सल्यक्रिया गरिएकाे छ भने २३९ जनाकाे अाखा परिक्षण गरिएकाे छ ।