Kawasoti-2, B.P Chowk, Nawalpur
Share this on

राेटरि क्लवकाे निशुल्क माेतिविन्दुकाे अप्रेशन शिविरमा दाेस्राे दिन १२४ जनाकाे सल्यक्रिया 

कावासाेति, कार्तिक २६

कावासोतिमा हिजाे देखि शुरु भएकाे निशुल्क मोतिबिन्दुको आँखा शिबिरकाे दाेस्राे दिन ( साेमबार) १२४ जनाकाे माेतिविन्दुकाे सल्यक्रिया गरिएकाे छ भने २३९ जनाकाे अाखा परिक्षण गरिएकाे छ ।
हिजाे  देखि शुरु भएकाे माेतिविन्दुकाे शल्यक्रियामा पहिला १२५ जनाकाे माेतियाविन्दुकाे शल्यक्रिया गरिएकाे क्लवका अाखा शिविर निर्देशक प्रदिप भट्टराईले जानकारी दिनुभयाे ।
 शिविरमा तिलगंगा अाखा अस्पतालकाे प्रविधिक सहयाेग तथा राेटरि क्लव अफ कावासाेतिकाे अायाेजनामा संचालन भएको हाे । 
विभिन्न क्षेत्रमा यस अगि गरिएकाे शिविरमा भेटिएका माेतिविन्दुका सक्रमितहरुकाे अाईतबार देखि मंगलबार सम्म कावासाेति-८ स्थित अपाङ्ग पुनस्थापना केन्द्र भवनमा संचालन गरिने क्लबका सस्थापक अध्यक्ष भरत पोख्रेलले बताउनुभयाे । 

image.png 3.03 MB

प्रत्येक बर्ष रोटरी क्लब कावासोतिले मोतिबिन्दुको निशुल्क अपरेसन गर्दै आएको छ । गत बर्ष सम्ममा क्लबले करिब ४ सय जना सहित १ हजार १ सय जनाकाे मोतिबिन्दुको अपरेसन गरेको क्लबका पुर्ब अध्यक्ष हरिहर अधिकारीले जानकारी गराएका छन ।
image.png 2.22 MB

यस बर्ष मोतिबिन्दुका करिव ३०० देखि ४०० सम्म बढ्ने आयोजकले जनाएको छ । "दृष्टि सबैका लागि, नवलपुरबाट माेतिविन्दु निर्मुल अभियान" भन्ने उदेश्यका साथ  ५ बर्ष भित्र नवलपुरबाट मोतिबिन्दुका बिरामी नरहेको जानकारी गराउन आफुहरु लागिपरेको क्लबका संस्थापक अध्यक्ष पाेख्रेलले बताउनुभयाे ।
अपरेसनको लागि क्लबले स्थानिय पालिका र रोटरी क्लबका सदस्यबाट सहयोग मागेर शिबिर संचालन गर्दै आएको छ ।


Upcomming Events

  • मोतिया बिन्दुको निशुल्क अप्रेसन शिविर

    विश्व स्वास्थ्य संगठन (WHO) को मान्यता प्राप्त नेपालकै एक मात्र तिलगंगा आँखा अस्पतालद्वारा आयोजित आँखा शिविरमा सहभागी भइ मोतियाबिन्दुको निशुल्क अप्रेसन गराउनुहोस्। अप्रेसनपछि आवश्यक सम्पूर्ण औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराइनेछ।

  • कावासोतीमा रोटरी क्लबको निःशुल्क मोतिविन्दु अपरेशन...

    कावासोतिमा हिजाे देखि शुरु भएकाे निशुल्क मोतिबिन्दुको आँखा शिबिरकाे दाेस्राे दिन ( साेमबार) १२४ जनाकाे माेतिविन्दुकाे सल्यक्रिया गरिएकाे छ भने २३९ जनाकाे अाखा परिक्षण गरिएकाे छ ।